Genesis 48
1 केही समय बित्यो। तब एकजना मानिसले योसेफलाई खबर ल्यायो। "तपाईंको बुबा धेरै बिरामी हुनुहुन्छ!" योसेफले आफ्ना दुई छोराहरू मनश्शे र एप्रैमलाई लिए र उहाँकहाँ गए।
13 योसेफले एप्रैमलाई आफ्नो दाहिनेतिर राखे, जुन इस्राएलको देब्रे हाततिर पर्थ्यो। उनले मनश्शेलाई आफ्नो देब्रेतिर राखे, जुन इस्राएलको दाहिने हाततिर पर्थ्यो। उनले तिनीहरूलाई नजिक ल्याए।