Genesis 49

1 याकूबले आफ्ना सबै छोराहरूलाई बोलाए। "नजिक आओ! यहाँ मेरो वरिपरि आओ! म तिमीहरूलाई अब के हुन्छ भनेर बताउनेछु। आउने दिनहरूमा के हुनेछ म तिमीहरूलाई भन्नेछु।"

29 त्यसपछि याकूबले अन्तिम पटक बोले। "म मर्दैछु। म मेरा पुर्खाहरूसँग मिल्न जाँदैछु। मलाई उनीहरूसँगै गाड्नू। त्यस ओडारमा। हित्ती एफ्रोनको खेतमा भएको ओडारमा।"