Genesis 47

1 योसेफ फारोकहाँ गए। तिनले भने, "मेरा बुबा र दाजुभाइहरू कनानबाट आएका छन्! तिनीहरूले आफ्ना भेडा, गाईवस्तु र आफूसँग भएका सबै थोक ल्याएका छन्। अहिल्यै तिनीहरू गोशेनमा छन्।"

11 योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई मिश्रमा जग्गा दिए। तिनले उनीहरूलाई सबैभन्दा राम्रो ठाउँमा राखे। त्यो रामेसेसको जग्गा थियो। फारोले तिनीहरूलाई त्यो जग्गा लिन दिएका थिए।