Genesis 22
1 यी सबै घटनापछि, परमेश्वरले अब्राहामको जाँच गर्नुभयो। "अब्राहाम!" परमेश्वरले बोलाउनुभयो। "म यहाँ छु," अब्राहामले जवाफ दिए।
4 तीन दिनको बाटो हिँडेपछि। अब्राहामले माथि हेरे। उनले धेरै पर, त्यो डाँडा देखे।
9 परमेश्वरले भन्नुभएको ठाउँमा उनीहरू पुगे। अब्राहामले ढुङ्गामाथि ढुङ्गा राखेर एउटा वेदी बनाए। उनले त्यसमाथि दाउरा राखे। इसहाकलाई बाँध्दा उनका हातहरू कामिरहेका थिए। उनले आफ्नो छोरालाई उठाएर दाउरामाथि वेदीमा राखे।
11 “अब्राहाम! अब्राहाम!” आकाशबाट एउटा आवाज आयो। याहवेहको स्वर्गदूत। अब्राहाम टक्क रोकिए। “म यहाँ छु।”
13 अब्राहामले माथि हेरे। एउटा भेडा! त्यसका सिङहरू काँडेदार हाँगाहरूमा अड्किएका थिए। अब्राहाम त्यहाँ गए, भेडालाई समाते, र परमेश्वरलाई चढाए। आफ्नो छोराको सट्टामा त्यो जनावर मर्यो।