Genesis 21
1 यहोवाले प्रतिज्ञा गर्नुभएझैं साराकहाँ आउनुभयो। उहाँले जे भन्नुभएको थियो, ठ्याक्कै त्यही गर्नुभयो।
4 जब इसहाक आठ दिनका भए, परमेश्वरले भन्नुभएझैं अब्राहामले उनको छाला काटे।
8 इसहाक ठूला र बलिया हुँदै गए। साराले उनलाई दूध खुवाउन छोड्ने दिन आयो। अब्राहामले एउटा ठूलो भोजको आयोजना गरे। सबैले खाए र रमाए।
9 तर साराले हागारको छोराले इसहाकलाई जिस्काइरहेको देखिन्। त्यो मिश्र देशको केटो। उनले त्यसले आफ्नो बच्चाको गिल्ला गरेको देखिन्।
11 अब्राहामको मन टुट्यो। त्यो दासीको छोरा पनि उनकै बच्चा थियो।