Genesis 20
1 अब्राहामले आफ्ना सामानहरू पोको पारे र दक्षिणतिरको मरुभूमिमा सरे। तिनी कादेश र शूरको बीचमा बसे। तिनी गरारमा एक विदेशीको रूपमा बसे।
2 तिनी त्यहाँ हुँदा, अब्राहामले मानिसहरूलाई सारा आफ्नी बहिनी हो भनेर भने। गरारका राजा अबीमेलेकले तिनको बारेमा सुने। तिनले मानिसहरू पठाएर सारालाई आफ्नो घरमा ल्याए।
3 त्यस रात, परमेश्वर सपनामा अबीमेलेककहाँ आउनुभयो। "तँ मरेतुल्य छस्। तैंले ल्याएकी स्त्री अर्कै मानिसकी पत्नी हो।"
14 अबीमेलेकले अब्राहामलाई भेडा, गाईवस्तु र सहयोगीहरू दिए। उनको लागि काम गर्ने पुरुष र स्त्रीहरू दिए। उनले सारालाई पनि फर्काइदिए।
17 अब्राहामले अबीमेलेकको लागि परमेश्वरसँग प्रार्थना गरे। परमेश्वरले उनलाई निको पार्नुभयो। उहाँले उनको श्रीमतीलाई निको पार्नुभयो। उहाँले उनको घरमा काम गर्ने सबै स्त्रीहरूलाई निको पार्नुभयो ताकि उनीहरूले फेरि बच्चा जन्माउन सकून्।