Genesis 38
1 त्यही समयतिर, यहूदाले आफ्ना दाजुभाइहरूलाई छाडे। तिनी अदुल्लामको हीरा नाम गरेको आफ्नो साथीसँग बस्न गए।
6 यहूदाले आफ्नो जेठो छोरा एरको लागि एउटी पत्नी खोजिदिए। तिनको नाम तामार थियो।
12 धेरै वर्ष बित्यो। यहूदाकी पत्नी मरिन्। तिनी रुन छोडेपछि, आफ्ना भेडाको ऊन काट्न तिम्नातिर गए। तिनको साथी हीरा पनि तिनैसँग गए।
20 यहूदाले आफ्नो साथी हीराको हातमा पाठो पठाए। हीरा ती स्त्रीबाट ती सामानहरू फिर्ता ल्याउन गए। तिनले ती स्त्रीलाई भेट्टाउन सकेनन्।