Genesis 33
1 याकूबले हेरे। एसाव तिनकै तिर आउँदै थिए। चार सय जना मानिसहरू तिनको पछाडि हिँडिरहेका थिए! याकूबले केटाकेटीहरूलाई लेआ, राहेल र दुई जना दासीहरूसँग राखे।
3 याकूब सबैभन्दा अगाडि हिँडे। तिनी आफ्नो दाजुतिर गए। एसावको नजिक पुग्नुअघि तिनी सात पटक भुइँमा निहुरिए।
4 एसाव दौडे! तिनले याकूबलाई अँगालो हाले र च्याप्प समाते। तिनले याकूबको घाँटीमा धेरै पटक म्वाइँ खाए। तिनीहरू दुवै जना रोए।
17 याकूब सुक्कोतमा गए। तिनले एउटा घर बनाए र आफ्ना जनावरहरूको लागि साना छाप्राहरू बनाए। त्यसैकारण त्यस ठाउँलाई सुक्कोत भनिन्छ। यसको अर्थ साना छाप्राहरू हो।
18 अन्तमा याकूब कनानको शकेम सहरमा आइपुगे। तिनी पदन अरामदेखि यति लामो बाटो आएका थिए। तिनले सहर बाहिर आफ्नो पाल टाँगे।