Genesis 2
7 याहवे परमेश्वरले जमिनबाट माटो लिनुभयो। उहाँले एउटा मानिस बनाउनुभयो। उहाँ नजिकै झुक्नुभयो र मानिसको नाकमा सास फेरिदिनुभयो। मानिसको छाती फुल्यो। ऊ जीवित भयो!
8 याहवे परमेश्वरले पूर्वमा, एदेन भन्ने ठाउँमा एउटा बगैंचा लगाउनुभयो। उहाँले मानिसलाई त्यहाँ राख्नुभयो।
9 याहवे परमेश्वरले जमिनबाट रूखहरू उमार्नुभयो। सुन्दर रूखहरू। राम्रा फलले भरिएका रूखहरू। बगैंचाको बीचमा दुईवटा रूखहरू थिए, जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख।
16 याहवे परमेश्वरले मानिसलाई एउटा आज्ञा दिनुभयो। "बगैंचाको जुनसुकै रूखको फल खाए पनि हुन्छ। तिमीले चाहेको जुनसुकै रूख।"
18 याहवे परमेश्वरले भन्नुभयो, "मानिस एक्लै हुनु राम्रो होइन। म उसको लागि सुहाउने एउटा सहयोगी बनाउनेछु।"